वागनर समूह माथि रुसको बन्देज
SamacharDesk | २०८० आषाढ १५, शुक्रबार

रुसले निजी सैनिक समूह वागनरमाथि बन्देज लगाएको छ । रुसले उक्त समूह माथि युक्रेन युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाएको हो ।
रुसी संसद डुमाको रक्षा समितिका एक सदस्यले वागनरमाथि अब कहिल्यै पनि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको जानकारी दिएका हुन ।
गत साता रुसविरुद्ध सैनिक विद्रोहमा उत्रिएपछि वागनरसँग रुसको सम्बन्ध बिग्रिएको हो ।
बागनर प्रमुख यभ्गेनी प्रिगोझिनले रुसी सेनासँग सम्झौता गर्न अस्वीकार गरेपछि उनी र उनको समूहमाथि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको बताइएको छ ।
रुससँग सम्बन्ध विग्रिएपछि प्रिगोझिन र उनका २५ हजार लडाकुलाई बेलारुस पठाइएको छ भने त्यहाँ पुगेपछि उनीहरु कहाँ कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा पनि कुनै खबर छैन ।
Categorized in अन्तर्राष्ट्रिय