arin enterprises

सहकारी छानबिन समितिको म्याद थपियो

SamacharDesk | २०८१ भाद्र १८, मंगलबार

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि १५ दिन थप भएको छ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा समितिका सभापति सुर्यबहादुर थापाले १५ दिन म्याद थपको प्रस्ताव राखेपछि उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।

तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। तर तीन महिनामा काम नसकेपछि सभापति थापाले समितिले १५ दिनका लागि म्याद थप गर्न प्रतिनिधि सभा बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको हो।

पहिलो बैठक बसेको मितिले ३ महिना पुग्ने अवधि यही भदौ २२ गते सकिँदै छ । अहिलेसम्म ५१ वटा बैठक बसेको समिति पछिल्लो समय प्रतिवेदन लेख्ने काममा व्यस्त रहेको जनाइएको छ ।

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य हुनुहुन्छ।

Categorized in राष्ट्रिय