सहकारीपीडितहरु आफ्नो बचत फिर्ता माग्दै प्रदर्शन
SamacharDesk | २०८० श्रावण १८, बिहिबार

आफूले बचत गरेको पैसा विभिन्न सहकारीले फिर्ता नदिएपछि बचतकर्ताहरु आन्दोलित भएका छन् ।
आज काठमाडौँको बिजुलीबजारमा आन्दोलन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् ।
समितिले सहकारी पीडित बचतकर्ताहरूको निक्षेप अविलम्ब फिर्ताका लागि माइतीघर मण्डलामा ४५ दिन धर्ना पश्चात् ४६ औँ दिनबाट रिले अनशन जारी राखेका छन् ।
बचतकर्ताको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो । सहकारी पीडितले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।
उनीहरुले आफ्नो बचत रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।
Categorized in राष्ट्रिय