साम्बाले गरिन् डेब्यू खेलमै गोल
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १, शुक्रबार

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड सावित्रा भन्डारी (साम्बा) को गोलमा इजरायलको क्लब हापोएल रानानाले जित हासील गरेको छे ।
अनेथा कप अन्तर्गत बिहीबार रानानाको लागि साम्बाले देव्यु खेलमै गोल गरेकी हुन् । हादेराविरुद्धको खेलमा अदी गोल्डेन र साम्बाले एक एक गोर्दा रानानाले २–० गोलको जित निकालेको हो ।
यससँगै साम्बा युरोपियन क्लबका लागि गोल गर्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् ।
गत जेठ अन्तिम साता युरोपियन महासंघमा आबद्ध भएर फुटबल खेल्ने इजरायलको शीर्ष डिभिजनको क्लब रानानामा साम्बा आबद्ध भएकी थिइन् ।
इजरायलको महिला लिग भने अगस्ट ३१ बाट सुरू हुँदैछ ।
आठ टिमबीच प्रतिस्पर्धा हुने लिगमा साम्बाको टिम रानानाले अगस्ट ३१ मा इरोनी रामतसँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स