arin enterprises

विश्वमा सर्वाधिक एन्ड्रोइड ट्याब्लेट उत्पादन गर्ने कम्पनी बन्यो सामसङ

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ३, बुधबार

सामसङ विश्वमा सर्वाधिक एन्ड्रोइड ट्याब्लेट उत्पादन गर्ने कम्पनी बनेको छ । इन्टरनेस्नल डेटा कोर्पोरेसन (आईडीसी) ले हालै सार्वजनिक गरेको एक रिपोर्टले यो जानकारी दिएको हो ।

रिपोर्टका अनुसार विश्वमा सबैभन्दा ठूलो ट्याब्लेट निर्माता कम्पनी एप्पल रहेको छ भने दोस्रो स्थानमा सामसङ छ । तर एन्ड्रोइड ट्याब्लेट उत्पादन तथा बिक्रीको हकमा भने सामसङ पहिलो बनेको हो ।

२०२३ को पहिलो तिन महिनामा मात्र सामसङले ७१ लाख ट्याब्लेट उत्पादन गरेर बिक्री गरेको छ । सोही अवधिमा एप्पलले १ करोड ८ लाख ट्याब्लेट उत्पादन गरी बजारमा पठाएको छ ।

त्यस्तै एन्ड्रोइड तर्फ नै ह्वावेले २० लाख, लेनोभोले १९ लाख र अमेजनले १४ लाख ट्याब्लेट उत्पादन गरेको छ ।

पछिल्लो समयमा विश्वबजारमा, मोबाइल, ट्याब्लेट लगायतका सामग्रीको माग घट्ने क्रममा छ ।

यद्यपि बजारमा बिक्री घटे पनि एन्ड्रोइडमा आधारित ट्याब्लेट निर्माणमा सामसङ विश्वको ठूलो कम्पनी बन्न सफल भएको छ ।

Categorized in बिजनेस