सामसङले नेपालमा एआई कोर्ष सञ्चालन गर्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ११, बिहिबार

नेपाली विद्यार्थीका लागि सामसङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष सञ्चालन गर्ने भएको छ ।
सामसङले ग्लोबल सीएसआर कार्यक्रम ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत रहेको पुल्चोक क्याम्पसमा एआई कोर्ष सञ्चालन गर्न लागेको हो ।
यो कोर्ष बजारमुखी र विशिष्ट हुने संस्थानका डीन प्रा. डा. शशिधरराम जोशीले बताए । यस्तै एआई सम्बन्धीको यो कार्यक्रम छोटो उनले जानकारी दिए ।
यो कोर्षमा त्रिविका शिक्षकबाहेक उद्योगमा काम गरेका जनशक्तिले अध्यापन गराउनेछन् । सामसङले बिहीबार एक कार्यक्रम गरेर यसबारे थप जानकारी दिने भएको छ ।
यसअघि सामसङले नेपाली युवालाई एआईसँगै बिग डेटा, कोडिङ तथा प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स (आईओटी) जस्ता विषयमा तालिम दिएको थियो ।
Categorized in विज्ञान-प्रविधी