arin enterprises

सामसङले ल्यायो इन्स्टा फाइनान्स सुविधा

SamacharDesk | २०८० आषाढ ७, बिहिबार

सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टाफाइनान्स प्रारम्भ गरेको छ ।

यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ स्मार्ट फोन खरीद गर्ने ग्राहकहरुका लागि लागू गरिएको छ । यो पहलको उद्देश्य भनेको नै नेपालभरका ग्राहकहरुले सजिलैसंग आफ्नो चाहना बमोजिमको स्मार्ट फोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पुर्याउनु रहेको छ ।

स्मार्टफोन आजका दिनमा नभै नहुने अत्यावश्यक सामग्री भैसकेको छ । मानिसहरु स्मार्टफोनमा निर्भर नै भइसकेको छ । यसका अतिरिक्त, विश्व अब डिजिटलमय हुँदै गैरहेको छ, र मानिसहरु अझ धेरै प्राविधिकरुपमा एड्भान्स हुँदै गएका छन्, यस्तो अवस्थामा अझ राम्रो स्मार्टफोनहरुको माग दिनप्रति दिन बढीरहेको छ ।

मानिसहरु स्तरीय स्मार्टफोन किन्न लालायित छन् तर उनीहरु आफ्नो खर्चको सीमाको कारण बाँधिएका छन् । यहीतथ्यलाई दृष्टिगत गर्दै सामसङ नेपालले मानिसहरुको स्तरोन्नतिमा सहायता पु¥याउन हुलास फिन सर्भ (एचएफएल) संगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधालाई प्रस्तुत गरेको हो ।

सामसङ इन्स्टाफाइनान्स एक झँझट रहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय भएको कम्पनीले जनाएको छ । जसको मासिक किस्ताको ब्याजदर शुन्य रहेको छ । प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटा भन्दा धेरै शोरुमहरुमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ ।

यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ । यो एक अत्यन्त महत्वपूर्ण पहल हो, जुन सामसङ जस्तो स्थापित ब्राण्डले आफ्नो उपकरणहरुलाई सुलभ तरिकाले सबैको पहुँचमा पु¥याउन शुरु गरेको छ ।

ग्राहकहरु जसले उत्कृष्ट स्मार्टफोनमा आफूलाई अपग्रेड गर्ने सोच बनाइराख्नु भएको छ, उनीहरुका लागि यो एक अत्यन्त सुवर्ण अवसर भएको कम्पनीले जनाएको छ ।

Categorized in बिजनेस