साउदी क्लबवाट एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ९, मंगलबार

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । साउदी प्रो लिग क्लब अल हिलालले एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव गरेको हो ।
यस समर ट्रान्सफरमा रुबिन नेभिस, कालिदो कौलिबाली सहितका खेलाडीलाई अनुबन्धन गरिसकेका अल हिलालले २४ बर्षीय फ्रान्सेली फरवार्ड अनुबन्धनका लागि २ सय ५९ मिलियन पाउण्डको प्रस्ताव गरेको छ ।
एम्बाप्पेको पीएसजीसँगको सम्झौता सकिन एक वर्ष बाँकी छँदै क्लब छोड्ने निर्णय लिएपछि क्लबले एमबाप्पेलाई बेच्न तयारी गरेको छ ।
अर्को समर ट्रान्सफरमा निशुल्क छाड्नु भन्दा पीएसजी कुनै हालतमा यसै सिजन एमबाप्पेलाई बेच्न खोजेको छ । सोहि कारण जापान भ्रमणको टिमबाट बाहिर राखेको थियो ।
सन् २०१७ मा नेयमार बार्सिलोनाबाट पीएसजी आउदाँ क्लबले कीर्तिमानी २ सय मिलियन पाउण्ड खर्च गरेको थियो । ब्राजिली स्टारको रिलिज क्लजलाई पीएसजीले पार गरेपछि नेयमार विश्व फुटबलका सबैभन्दा महङ्गा खेलाडी भएका थिए ।
चेल्सी, म्यानचेस्टर युनाईटेड, टोटेनहम, इन्टर मिलान र बार्सिलोना सबै क्लब एमबाप्पे अनुबन्धनका लागि इच्छुक छन् । उनी अर्को समर ट्रान्सफरमा निशुल्क क्लब छाड्न चाहेको बताउँदा रियल म्याड्रिडलाई उनको आगामी गन्तब्य मानिएको थियो ।
Categorized in स्पाेर्ट्स