arin enterprises

अत्यधिक गर्मीबाट १७ हज यात्रीको मृत्यु

SamacharDesk | २०८१ आषाढ ४, सोमबार

आज मुस्मिल समुदायहरुको महान पर्व इद । यस अवसरमा साउदी अरबमा इद मनाउन पुगेका १७ हज यात्रीको मृत्यु भएको छ ।

साउदी अरबको हज बिश्वकै सबैभन्दा ठूलो सामूहिक जमघट हुने मध्येको एक हो । उनीहरुको अत्यधिक गर्मीका कारण मृत्यु भएको जोर्डनको विदेश मन्त्रालयले एक बिज्ञप्ती जारी गरेको छ ।

उच्च तापमानका साथ चलेको तातो हावाका कारण उनीहरुको मृत्यु भएको पुष्टी गरेको छ । मृत्यु हुनेमा सबैजना जोर्डनका नागरिक रहेका छन् ।

हजयात्रामा रहेका अधिकांश हजयात्रीहरु गर्मीको चपेटामा पर्दा १७ जना भने सम्पर्क बिहिन बनेका छन् भने उनीहरुको खोजी कार्य जारी रहेको छ ।

साउदी अधिकारीहरूका अनुसार यस वर्ष १८ लाखभन्दा बढी तीर्थयात्रीहरू सहभागी छन् । हाल त्यहाँको तापक्रम ४६ डिग्री पुगेको छ ।

गत बर्ष हज यात्राका क्रममा भएको भागदौडमा २ सय ४० जनाको मृत्यु भएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय