arin enterprises

सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ३१, बुधबार

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित भएकी छिन् ।

भण्डारी इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएकी हुन् । मंगलबार इजरायली क्लबले फेसबुक मार्फत सावित्रालाई अनुबन्ध गरिएको जनाएको छ ।

हापोएल रानानामा अनुबन्धित भएसँगै भण्डारी युरोपेली क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

उनले हालै भारतको इन्डियन वुमन्स लिग खेलेका थिए । भण्डारी आबद्द गोकुलम केरेलाले उपाधि जितेको थियो ।

यस्तै सावित्राले प्रतियोगिता भर ३० गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड पनि जितेकी थिइन् ।

Categorized in स्पाेर्ट्स