arin enterprises

स्कटल्याण्डले इंग्ल्यान्डलाई बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ५, शनिबार

युरोकपमा स्कटल्याण्डले इंग्ल्यान्डलाई बराबरीमा रोकेको छ ।

शुक्रबार राति वेम्बली स्टेडियममा भएको खेलमा स्कटल्याण्डले इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्दै अंक बाडेको हो ।

खेलको १२ औं मिनेटमा  इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो ।

यो बराबरीसँगै इंग्ल्यान्डले २ खेलमा ४ अंक जोड्दै समूह ‘डी’ को दोस्रो स्थानमा रहेको छ ।

स्कटल्याण्डले २ खेलमा १ अंक जोड्दै समूहको पुछारमा छ ।

Categorized in स्पाेर्ट्स