arin enterprises

एसईई परीक्षाको तयारी अन्तिम चरणमा

SamacharDesk | २०८० चैत्र ५, सोमबार

चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

यो वर्षको एसईई चैत १५ गतेबाट सुरु भई २७ गते सम्पन्न हुनेछ । यसका लागि बोर्डले आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

जसअन्तर्गत परीक्षाको प्रश्नपत्रलगायत सामाग्रीहरु सबै जिल्लामा पठाइसकेको छ भने काठमाडौं उपत्यकामा केही दिनमा पठाउने छ । जिल्लाको प्रहरी कार्यालयहरुमा प्रश्न पत्र पठाइएको हो ।

काठमाडौँ उपत्यकाको हकमा २२÷२३ वटा प्रहरी कार्यालयमा पठाउनुपर्ने भएकाले केही समय लाग्ने बोर्डले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि मात्रै सुरक्षासहित सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बताइएको छ ।

यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिइनेछन् ।

Categorized in राष्ट्रिय