सेनेगलले ब्राजिललाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ६, बुधबार

फिफा मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिललाई हराएको छ ।
बुधबार भएको खेलमा सेनेगलले ब्राजिललाई ४–२ गोलले हराएको हो । सेनेगलको जितमा साडियो मानेले दुई गोल गरे ।
खेलको ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
२२ औं मिनेटमा हिबाब डियालोले गोल गर्दै सेनेगललाई १–१ को बराबरीमा ल्याए ।
ब्राजिलका मार्क्विवन्होसले ५२ औं मिनेटमा आत्मघाती गोल गर्दा सेनेगल २–१ ले अघि रह्यो ।
५५ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई ३–१ को अग्रता दिलाए ।
५८ औं मिनेटमा मार्क्विवन्होसले गोल गर्दै ब्राजिललाई ३–२ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै सेनेगललाई ४–२ को जित दिलाए ।
Categorized in स्पाेर्ट्स