वौद्ध संगीत साधक शाक्यलाई पत्नीशोक
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण १९, बिहिबार

बौद्ध संगीत साधक किरण शाक्यकी श्रीमति चिनानी शाक्यको निधन भएको छ ।
संगीतमार्फत बुद्धको सन्देश प्रवाह गर्न आजीवन योगदान दिएका ललितपुरको ओकुवहाल निवासी वरिष्ठ संगीतकार शाक्यकी श्रीमति चिनानीको गत बुधबार निधन भएको हो ।
स्वर्गीय चिनाजी मुटु सम्वन्धि रोगबाट पिडित थिइन् । गएको फागुन १८ गते बुधबार बिहानको ८ः४५ बजे अल्का अस्पताल–२ मा उपचारको क्रममा उनको निधन भएको हो ।
२००२ माघ २ मा जन्मिएकी चिनानीको २०१९ माघ ८ गते वरिष्ठ संगीतकार शाक्यसँग विवाह भएको थियो ।
शाक्य दम्पत्तीका तीन छोरी र एका छोरा छन् भने एक छोरीको पनि निधन भइसकेको छ ।
Categorized in पेजथ्री