सर्जियो अग्युरो बार्सिलोनामा आबद्ध
SamacharDesk – Aakash Rajopadhyaya | २०७८ जेठ १८, मंगलबार

म्यानचेस्टर सिटी र अर्जेन्टाइन स्ट्राइकर सर्जियो अग्युरो आगामी सिजनदेखि स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका छन् ।
यो सिजनको अन्त्यमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँगको सम्झौता सकिने भएपछि अग्युरो बार्सिलोनामा आबद्ध भएको हो ।
उनको र बार्सिलोनाको बीच दुई वर्षको सम्झौता भएको छ । बार्सिलोनाले उनको रिलिज क्लउज १०० मिलियन युरो राखेको छ ।
उनले सिटीबाट गत शनिबार अन्तिम खेल खेलका थिए । चेल्सीविरुद्धको च्याम्पियन्स लिगको फाइनलमा सिटी पराजित भएको थियो ।
३२ वर्षीय अग्युरोले १० वर्ष सिटिमा आबद्ध हुदाँ ३९० खेल खेल्दै २६० गोल गरे भने १५ मुख्य उपाधि जितेका छन् ।
— FC Barcelona (@FCBarcelona) May 31, 2021Categorized in स्पाेर्ट्स
