लागू औषधसहित ७ पक्राउ
SamacharDesk | २०८१ आश्विन २४, बिहिबार

सुनसरी प्रहरीले लागु औषध सहित सात जनालाई पक्राउ गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित कुमार राइको होटलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी गराउनुभर्यो ।
नडाहामा राइले संचालन गरेको होटलमा लागु औषध कारोबार भैरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरुलाइ नियन्त्रणमा लिएको हो ।
लागु औषधि सहित बराहक्षेत्र नगरपालिका–३ का अनिल बिक, कन्चन राई, सन्दिप राई, वडा नम्बर–७ का कर्ण राई, आकास राई, अस्बिन श्रेष्ठ र हिमन सुनुवारलाइै पक्राउ गरिएको डिएसपी तिमल्सिनाले बताउनुभयो ।
उनीहरुको साथबाट ट्रामाडोल ३ सय ५ पिस, डिकोलिक २ सय ९० पिस तथा ९ हजार ९ सय १५ रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जानाएको छ ।
Categorized in अपराध