शेन वाट्सन दिल्ली क्यापिटल्सको सहायक प्रशिक्षक
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र १, मंगलबार

यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लागि दिल्ली क्यापिटल्सले अष्ट्रेलियन अलराउन्डर शेन वाट्सनलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ ।
मंगलबार दिल्लीले वाट्सनलाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।
४० वर्षीय वाट्सनले राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्सका लागि आईपीएल खेलेका छन् ।
दिल्लीमा पूर्व अष्ट्रेलियन क्रिकेटर रिक्की पोंटिङ मुख्य प्रशिक्षक रहेका छन् भने प्रविण अमरे र अजित अगरकर सहायक प्रशिक्षकमा छन् । यस्तै जेम्स होप भने बलिङको प्रशिक्षक रहेका छन् ।
उनले सन् २००८ मा राजस्थानमा तथा सन् २०१८ मा चेन्नईमा रहँदा आईपीएलको उपाधि जितेका थिए । वाट्सनले आईपीएलमा ३ हजार ८ सय ७५ रन तथा ९२ विकेट लिएका छन् ।
सन् २००७ र २०१५ मा अष्ट्रेलियाले एकदिवसिय विश्वकपको उपाधि जित्दा वाट्सन महत्वपूर्ण सदस्य रहेका थिए ।
Categorized in स्पाेर्ट्स
