arin enterprises

सांघाईमा सय वर्ष यताकै अत्याधिक गर्मी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १६, मंगलबार

यसपालि चीनको सांघाईमा पछिल्लो सय वर्ष यताकै सबैभन्दा बढी गर्मी भएको छ ।

सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको हो ।

यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ को मे महिनामा यसअघि सांघाईको तापक्रम ३५.७ डिग्री पुगेको थियो ।

यसपालिका दक्षिण पूर्वी एसियाली मुलुकहरू थाइल्यान्ड, भियतनामसँगै चीनका केही दक्षिणी प्रान्तहरूमा हिटवेभ चलिरहेको छ ।

सांघाईको मौसम ब्युरोका अनुसार गर्मी आगामी दिनमा अझै बढ्ने सम्भावना छ । समुद्री तटमा रहेको सांघाईमा जुन,जुलाई र अगस्टसम्म गर्मी हुन्छ ।

केही दिनअघि चीनको दक्षिणी पश्चिमी प्रान्त सिचुवानका केही ठाउँमा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय