arin enterprises

श्रमिक महिलाका लागि विशेष राहत : सिंह

SamacharDesk | २०७९ बैशाख १८, आइतबार

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदको उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाहरुका लागि विशेष राहत योजना ल्याउने बताउनुभएको छ ।

आइतवार बानेश्वरमा काठमाडौं महानगरपालिकाका उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताउनुभयो । उहाँले महिलाहरुले बिहानदेखि बुलुकीसम्म घरमै काम गरेर बस्ने भएपनि राज्यले श्रमको मुल्यांकन नगरेको बताउनुभयो । उहाँले आफु काठमाडौं महानगरपालिकाको मेयर भएको खण्डमा गरिबीको रेखा मुनि रहेको श्रमिक महिलाहरुको निम्ति विशेष राहत योजना ल्याउने बताउनुभयो । त्यसैगरी बेरोजगार युवाहरुका लागि डिजिटल प्रविधिको प्रयोगगरी सिपमुलक तालिक दिने र उद्यमी बनाउने पनि उहाँले उल्लेख गर्नुभयो ।  

उहाँले श्रमिक महिलाहरुका बालबच्चाका लागि महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र बनाउने पनि बताउनुभयो । त्यसैगरी महानगरले युवा क्लवहरुसँग सहकार्य गरी युवाहरुलाई खेलकुदतर्फ आर्कषित गर्ने पनि उहाँले बताउनुभयो । सिंहले प्रत्येक सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्ने पनि उल्लेख गर्नुभयो । उहाँले प्रत्येक वडाको गल्ली–गल्लीमा बिजुली बत्ति बालेर र सिसी क्यामेरा जडान गरेर महिलाहरुका लागि सुरक्षित अनुभुति गराउने पनि बताउनुभयो ।

Categorized in राजनीति