कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवारी
SamacharDesk – बिराज | २०७९ बैशाख १२, सोमबार

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंहले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सिंह काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती हुनुहुन्छ । सर्वोच्च नेता गणेशमान सिंहकी बुहारी सिर्जना सिंह लामो समयदेखि काठमाडौं काँग्रेसमा क्रियाशील हुनुहुन्छ ।
आफू मेयर भएपछि काठमाडौंलाई व्यवस्थित सहर बनाउने भन्दै सिंहले ट्राफिक समस्यादेखि खानेपानी र सरसफाइको समस्या समाधानमा विशेष ध्यान दिने बताइन् ।
त्यस्तै कामकाजी महिला बालबच्चाहरूको हेरचाहका लागि महानगरका विभिन्न स्थानमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्ने उद्घोष पनि सिंहले गरिन् ।
सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । साथै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का नेता रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
काठमाडौं महानगरमा सत्तारुढ दल काँग्रेस र समाजवादीबीच प्रमुख र उपप्रमुख पदमा तालमेल गर्ने सहमति भएअनुसार सिंह र श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको हो । नेत्री सिंह पार्टीका नेता तथा कार्यकर्तासहित जुलुस लिएर राष्ट्रिय सभा आइपुग्नुभएको छ ।
Categorized in राजनीति