स्लोभाकीयाका प्रधानमन्त्री माथि ५ राउण्ड गोली प्रहार
SamacharDesk | २०८१ जेठ ३, बिहिबार

स्लोभाकीयाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली हानी हत्याको प्रयास गरिएको छ ।
स्लोभाक शहर ह्याण्डलोभामा सार्वजनिक कार्यक्रम समाप्त पारी बाहिर निस्कने क्रममा उनीमाथि ५ राउण्ड गोली प्रहार भएको हो । उनलाई पेट, हात र खुट्टामा चोट लागेका उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो ।
हिजो साँझ रक्षामन्त्री रोबर्ट कालिनाकले फिकोको तीन घण्टाभन्दा लामो शल्यक्रिया गरिएको र अवस्था अझैपनि चिन्ताजनक रहेको बताएका छन् ।
राष्ट्रपतिसहित स्लोभाकीयाका नेताहरुले गोलीबारीलाई “लोकतन्त्रमाथिको आक्रमण’’ भनेका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ ।
अधिकारीहरुले उनको परिचय खुलाएका छैनन् । रुससँग नजिक रहेका प्रधानमन्त्री फिको अमेरिका र पश्चिमाहरुको आलोचक मानिन्थे ।
Categorized in अन्तर्राष्ट्रिय