arin enterprises

उपत्यकामा आज रातीबाट स्मार्ट लकडाउन

SamacharDesk – बिराज | २०७८ पौष २७, मंगलबार

काठमाडौं उपत्यकामा आज रातीबाट लागू हुने गरी स्मार्ट लकडाउन आदेश जारी भएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारीसमा गृह मन्त्रालयले आज राती १२ बजेबाट स्मार्ट लकडाउन लगाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार आजबाट अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि सभा, समारोह, महोत्सव आदि गर्दा २५ जना भन्दा बढि भेला हुन नपाइने भएको छ ।

कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिको लागि खोप कार्ड अनिवार्य गरिएको छ । त्यस्तै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ ।

राजनीतिक, सामाजिक, आर्थिक, व्यावसायिक साथै अन्य गतिविधि संचालन गर्न मास्कको अनिवार्य प्रयोग गर्नका साथै भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सम्वन्धि मापदण्ड पालना आग्रह गरिएको छ ।

Categorized in राष्ट्रिय