arin enterprises

स्ववियु निर्वाचनको मतदान सुरु

SamacharDesk | २०७९ चैत्र ५, आइतबार

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ बर्षपछि स्वतन्त्र विद्यार्थी युनियनका लागि मतदान शुरु भएको छ ।

विहान ८ बजेदेखि मतदान शुरु भएको हो । विद्यार्थीहरुबीच झडप हुनसक्ने त्रासले चुनाव हुने क्याम्पस आसपासका क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर मतदान शुरु गरिएको हो ।

त्रिवि अन्तर्गतका ६० वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु पदाधिकारी चयनका लागि मतदान शुरु भएको हो ।

बिहान ८ देखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्ने छ । प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो ।

निर्वाचनमा मूख्य प्रतिष्पर्धा सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुको मोर्चा र एमाले विद्यार्थी संगठन अनेरास्ववियुबीच हुने छ ।

Categorized in राष्ट्रिय