arin enterprises

आमाको हत्या अभियोगमा छोरा पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक ९, आइतबार

कञ्चनपुरमा आफ्नै ६० वर्षीया आमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

आमा पार्वती बादीको कुटपिट गरी हत्या गरेको अभियोगमा कन्चनपुर पुनर्वासको सुकुमबासी टोल बस्ने ३० वर्षीय पप्पु बादीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी बिबादको क्रममा छोराको कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीलाई उपचारको लागी स्थानीय पुनर्वास पोलिक्लिनिक लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागी सेती प्रादेशिक अस्पातल धनगढी लगिएको थियो भने त्यहिँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले पप्पुलाई नियन्त्रणमा लिएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध