arin enterprises

स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक फाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ३०, मंगलबार

 स्पेन महिला विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार भएको खेलमा स्वीडेनलाई २–१ले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो ।

न्युजिल्याण्डको इदेन पार्कमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ८१ औं मिनेटमा सलमा सेलेस्ट पराल्युलो अयिंगोनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।

रिबेका ब्लोम्विस्टले ८८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसको एक मिनेट पछि नै ओगा कार्मोनाले गोल गर्दै स्पेनलाई जित दिलाए ।

योसँगै भोलि हुने अष्ट्रेलिया र इंग्ल्याण्ड बिचको विजेतासँग स्पेनले फाइनलमा खेल्ने छ भने यस्तै पराजित टोलीसँग स्वीडेनले तेस्रो स्थानको लागि खेल्ने छ ।

तेस्रो स्थानको खेल १९ अगस्त शनिबार हुँदैछ भने फाइनल खेल २० अगस्त आइतबार हुँदैछ । 

Categorized in स्पाेर्ट्स