arin enterprises

स्पेनको नाइटक्लबमा आगालागी हुँदा १३ को मृत्यु

SamacharDesk | २०८० आश्विन १४, आइतबार

स्पेनको दक्षिणपूर्वी शहर मर्सियाको एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार साँझ ६ बजे अटालायस क्षेत्रको फोंडा मिलाग्रोस नाइटक्लबमा आगलागी भएको थियो।

बीबीसीले साझा गरिएको भिडियोमा भवनको माथिबाट आगो निस्किरहेको र यसको झ्यालबाट बाक्लो, गाढा धुवाँ निस्किरहेको देखाइएको छ।

आगलागीमा परेर १५ भन्दा बढी हराइरहेको जनाएको छ । नाइटक्लबमा कतिजना रहेका थिए भन्ने यकिन गर्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

आगालागीमा हराइरहेकी एक २८ वर्षीय महिलाले आगो सुरु भएको बेला आफ्नी आमालाई "आमा, म तिमीलाई माया गर्छु, हामी मर्ने छौं।" भन्ने भ्वाइस नोट पठाएकी समाचार सार्वजनिक भएको छ ।

प्रहरीले मर्ने तथा घाइतेको संख्या अझै बढ्ने सक्ने जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय