arin enterprises

स्पेनले जित्यो फिफा महिला विश्वकप २०२३ को उपाधि

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ३, आइतबार

स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जितेको छ । आईतबार भएको उपाधि भिडन्तमा इङ्ल्याण्डलाई १–० गोलले हराउँदै स्पेनले पहिलो पटक फिफा विश्वकप उपाधि उचालेको हो ।

अष्ट्रेलिया स्टेडियममा भएको फाइनल खेलमा स्पेनलाई उपाधि दिलाउन ओल्गा कार्मुनाले निर्णायक गोल गरिन् । उनले खेलको २९ औं मिनेटमा गोल गरेकि थिइन् ।

यहि एक गोलको अग्रता खेलको अन्तिम सम्म जोगाउँदै स्पेनले पहिलो पटक उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

सेमिफाइनलमा स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक फाइनलमा पुगेको थियो ।

इंग्ल्याण्ड विरुद्ध बल पोजिसनमा उत्कृष्ट देखिएको स्पेनले खेलमा अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । खेलको ७० औं मिनेटमा स्पेनले पाएको पेनाल्टीमा जेनिफर हर्मोसोले गोल गर्न सकेन ।

पहिलो हाफमा फरवार्ड लौरिन हेम्पको प्रहार पोस्टमा लागेर फर्कनु इङ्ल्याण्डका लागि निकै महङ्गो पर्यो

। सह आयोजक अष्ट्रेलियालाई हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको इंग्ल्याण्डले स्पेनले चुनौती पन्छाउन नसक्दा उपविजेतामा सिमित हुनपुग्यो । यसअघि इंग्ल्याण्ड सन् २०१५ को विश्वकपमा तेस्रो र सन् २०१९ को विश्वकपमा चौथो भएको थियो ।

पहिलो पटक महिला विश्वकपको उपाधि उचालेको स्पेन पुरुष र महिला दुवै टिमवाट विश्वकप जित्ने दोस्रो देश बनेको छ ।

Categorized in स्पाेर्ट्स