स्पाइनी ब्याब्लर फिल्म फेस्टिभल २०२१ सम्पन्न
SamacharDesk – बिजयरत्न | २०७८ भाद्र २, बुधबार

स्पाइनी मुभिज प्रा.लिले आयोजना गरेको स्पाइनी ब्याब्लर फिल्म फेस्टिभल २०२१ सम्पन्न भएको छ ।
पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानाडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरु प्रदर्शन गर्दै फेस्टिभल सम्पन्न भएको हो ।
फेस्टिभलमा नेपाली चलचित्र कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र बृत्तचित्रहरु सर्वोत्कृष्ट बन्न सफल भएका छन् ।
नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरसम्म लैजाने र आफ्नो कला संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले पहिलो पटक फेस्टिभल आयोजना गरेको स्पाइनी मुभिजका अध्यक्ष डा. हुस्नेत आजादले बताए ।
राजधानीमा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, नायक धिरेन शाक्य, वरिष्ठ पत्रकार बिजयरत्न तुलाधर, बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रियलगायत नेपाली चलचित्रको विविध क्षेत्रमा कार्यरत कलाकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रम गत मे १ का लागि तय भएको थियो । तर कोभिड १९ महामारीका कारणले स्थगित भएको थियो । अहिले पनि कार्यक्रमलाई सिमित कलाकर्मी र संचारकर्मीहरुको बीच एक समारोहकाबीच कार्यक्रम समापन गरिएको थियो ।
फेस्टिभलमा निर्णायकको रुपमा गायक शिव परियार, हास्य अभिनेता गोपाल ढकाल, चलचित्र लेखक, निर्देशक जीवन थापा, बृत्तचित्र निर्देशक एवम् संचारकर्मी दयाराम घिमिरे रहनुभएको थियो ।
त्यस्तै अरु निर्णायकहरुमा छायाँकार रविचन्द्र कोईराला, लेखक तथा निर्देशक आयुष श्रेष्ठ, चलचित्र सम्पादक भुुपेन्द्र अधिकारी, गायक सुरज पौडेल, भिज्युअल ईफेक्ट आर्टिष्ट अच्युत बजगाई, चलचित्र सम्पादक साहिल खान पनि निर्णायकका रुपमा रहेका थिए ।
सो फेस्टिभलमा विभिन्न विधामा चलचित्रहरुलाई पुरस्कृत गरिएको थियो ।
अन्तराष्ट्रिय अवार्ड विजेता शर्ट फिल्म
टोर्टेड : डायरेक्टर अफ फोटोग्राफी (पाकिस्तान)
नक : सर्वोत्कृष्ट अन्तराष्ट्रिय स्क्रिप्ट (फिलिपिन्स)
हाउसब्रेकिंग : सर्वोत्कृष्ट अन्तराष्ट्रिय लघु फिल्म (भारत)
हाउस ब्रेकिंग : सर्वोत्कृष्ट अन्तराष्ट्रिय निर्देशक (भारत)
राष्ट्रिय वृत्तचित्र अवार्ड विजेता
सर्वोत्कृष्ट छायाँकार – २०९७ साल (दिपेन महर्जन र मोहन कुमार)
सर्वश्रेष्ठ राष्ट्रीय लघु वृत्तचित्र – ओसिस (जैस्पर न्यौपाने, रस्मिता लिम्बु)
सर्वोत्कृष्ट राष्ट्रीय वृत्तचित्र फिल्म पर्यटन – काठमाडौंदेखि गोक्यो सम्म ट्रेकिंग
राष्ट्रिय चलचित्र अवार्ड विजेता
सर्वोत्कृष्ट अभिनेता – संजीत भंडारी (लम्फू)
सर्वोत्कृष्ट निर्देशक – समीर मियाँ (लक्ष्मी पूजा)
सर्वोत्कृष्ट छायांकार – जीवन पराजुली (कुईनेटो)
सर्वोत्कृष्ट चलचित्र – कुईनेटो
राष्ट्रिय लघु चलचित्र अवार्ड विजेता
सर्वोत्कृष्ट नेशनल इंस्पिरेशनल – बिस्कुन (गणेश उपाध्याय)
सर्वोत्कृष्ट निर्देशक – सरिता शाह (फागुनिया)
सर्वोत्कृष्ट नेशनल मोटिवेशनल – जुनुको जुत्ता (केदार श्रेष्ठ)
सर्वोत्कृष्ट स्क्रिप्ट लेखन – तिल थापा मगर (प्रिष्ट)
सर्वोत्कृष्ट छायांकार – लुजः सिंह (द रेड मून)
सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र – वार आफ्टर वार
सर्वोत्कृष्ट कृषि लघु चलचित्र – वेदाना
सर्वोत्कृष्ट एजुकेशनल लघु चलचित्र – कन्फिडेन्स
चलचित्रकर्मी सम्मान : ऋषि लामिछाने
संचारकर्मी सम्मान : विष्णु सुवेदी
चलचित्रकर्मी सम्मान : लक्ष्मण सुवेदी
Categorized in पेजथ्री