arin enterprises

स्पेनिस लालिगामा एट्लेटिक म्याड्रिड र रियल म्याड्रिडको जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १९, आइतबार

स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिक म्याड्रिडले र दोस्रो स्थानको रियल म्याड्रिडले जित हासिल गरेको छ ।

शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले इल्चेलाई १–० गोलले पराजित गरेको हो ।

एट्लेटिकोको लागि मार्कोस लोरेते पहिलो हाफको २३औं मिनेटमा गोल गरेको थियो ।

यस्तै शनिबार नै भएको अर्को खेलमा दोस्रो स्थानको रियल म्याड्रिडले ओसासुनालाई पराजित गरेको छ ।

रियलले ओसासुनालाई २–० गोलले पराजित गरेको हो । रियलका लागि एडर मिलिटाओले ७६औ मिनेटमा र काजिमिरोले ८०औं मिनेटमा गोल गरे ।

अंक तालिकामा शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको ३४ खेलबाट ७६ अंक छ । दोस्रो स्थानको रियल म्याड्रिडको ७४ अंक छ । उपाधि होडमा रहेका तेस्रो स्थानको बार्सिलोनाको ७१ अंक र सेभियाको ७० अंक छ। बार्सिलोना र सेभियाले एकएक खेल कम खेलेका छन् ।

बार्सिलोनाले आइतबार राति भ्यालेन्सियाविरुद्ध खेल्दैछ भने सेभियाले सोमबार एथ्लेटिक बिल्बाओसँग खेल्दैछ । यदि दुवै टिमले जित हात पारे अंक तालिकामा शीर्ष चार टिमको अन्तर तीन अंकको मात्र हुनेछ ।

Categorized in स्पाेर्ट्स