स्थानीय तहले आज बजेट ल्याईंदै
SamacharDesk | २०८० आषाढ १०, आइतबार

आर्थिक वर्ष २०८०—८१ को स्थानीय तहको बजेट आज सार्वजनिक गर्दैछन् ।
मलुकका ७५३ पालिकाले प्रत्येक वर्षको १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकोछ ।
सोही अनुरुप स्थानीय सरकार सञ्चालन ऐनअनुसार आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्ने गर्दछन् । हिजोसम्म दशवटा स्थानीय तहले बजेट पेस गरिसकेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिकअनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट पेस गरिसकेका छन् ।
संविधानअनुसार हरेक जेठ १५ गते संघिय सरकारको, असार १ गते प्रदेश सरकारको तथा असार १० गतेभित्र स्थानिय सरकारको बजेट ल्याईसक्नुपर्छ ।
Categorized in राष्ट्रिय