स्ववियु निर्वाचनको अन्तिम नामावली आज प्रकाशन गर्ने
SamacharDesk | २०७९ फाल्गुण २९, सोमबार

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ बर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।
निर्वाचनका लागि देशभरका क्याम्पसमा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ ।
आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सोमबार उमेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ ।
आज दिउँसो १ बजेसम्म उमेदवारले नामा फिर्ता लिने र २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।
यसअघि हिजो उमेदवारको नामावली उपर दाबी विरोध र नामावली प्रकाशन गर्ने कार्यतालिका थियो । गत शनिवार स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा उमेदवारी दर्ता भएको थियो ।
निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् ।
निर्वाचनमा देशभरिका त्रिवि अन्तर्गतका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुनेछ । मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।
Categorized in राष्ट्रिय