arin enterprises

सामूहिक प्रतिवद्धताका लागि विद्यार्थीहरुबाट नेताहरुलाई आग्रह

SamacharDesk – बिकाश | २०७८ आषाढ २४, बिहिबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतालाई जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने बताउनुभएको छ ।

५ दलीय गठबन्धनका विद्यार्थी संगठनका अध्यक्षहरुसँग भेट गर्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरुले परिस्थितिको सही मुल्याङ्कन गर्दा युवाहरुमा सही कुराको सम्प्रेषण हुने बताउनुभयो ।

विद्यार्थीको प्रतिगमन विरोधी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको दोहोर्‍याउँदै अध्यक्ष प्रचण्डले नेपाली जनतालाई आफ्नो सर्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खल पात्र केपी ओली बनाइएको बताउनुभयो ।

सो अवसरमा विद्यार्थी नेताहरुले विद्यार्थीहरुले संविधानको रक्षा, लोकतन्त्रको जगेर्ना र प्रतिगमनका विरुद्ध पाँच राजनीतिक दलहरु आन्दोलनरत रहेको उल्लेख गरेका थिए ।

जनतामा छाएको निराशालाई आशामा परिणत गर्न सार्वजनिक प्रतिवद्धता कार्यक्रमको आयोजना गर्ने बताउँदै नेताहरुबाट सार्वजनिक प्रतिवद्धताका लागि विद्यार्थीहरूले आग्रह गरेका थिए ।

संविधानमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारको मौलिक हकलाई सरकारमा रहँदा नरहँदा हरहालतमा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउन दलका नेताहरुलाई अनुरोध गरिएको छ ।

सो अवसरमा अध्यक्ष प्रचण्डलाई पाँच वटै विद्यार्थी संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षरित संयुक्त ज्ञापन पत्र बुझाइएको थियो ।

ज्ञापन पत्रमा नेपालको संविधानले मौलिक हकको रुपमा सुनिश्चित गरेको शिक्षा, रोजगार र स्वास्थ्यको हकलाई कार्यान्वयन गर्नुको सट्टा ओली सरकारले उल्टो कुण्ठित गर्न उद्धत रहेको जनाइएको छ । 

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082