भरुवा बन्दुक बरामद
SamacharDesk – क्राइम ब्यूरो | २०७९ बैशाख १४, बुधबार

जाजरकोटमा आज विहान प्रहरीले एक थान भरुवा बन्दुक फेला पारेको छ ।
जाजरकोटको छेडागाड नगरपालिका–८ मालेओडारमा प्रहरीले उक्त बन्दुक फेला पारेको हो ।
ईलाका प्रहरी कार्यालय वडावनबाट खटिएको प्रहरी टोलीले सालको सुकेको पातले छोपी राखेको अवस्थामा उक्त बन्दुक बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध