arin enterprises

नेतृ सूचीलाई ५ वर्ष जेल सजायँ

SamacharDesk | २०७९ बैशाख १४, बुधबार

म्यानमारको प्रजातन्त्रवादी नेतृ आङ सुचीलाई पाँच वर्षको जेल सजायँ सुनाएको छ । उनलाई भ्रष्टाचरसम्बन्धी मुद्दा दायर गरिएको ११ वटा मुद्धामध्ये पहिलो मुद्धामा दोषी ठहर गर्दै आज ५ वर्षको जेल सजाय सुनाएको हो ।

राजधानी ने पाइ तावमा बन्द कोठाभित्र गरिएको सुनुवाइ सार्वजनिक गर्न र सञ्चारमाध्मलाई रोक लगाइएको छ । त्यस्तै सुचीका वकिलहरूलाई पत्रकारसँग बोल्न निषेध गरिएको छ । ७६ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सुचीलाई मतदाता ठगीलगायत अपराधको अभियोग लगाइएको छ ।

पछिल्लो सजायले उनको कुल जेल सजायलाई ११ वर्षमा पु¥याएको छ । यसअघि पनि अन्य अपराधका लागि दोषी ठहराइएको थियो । सु्चीले अझै पनि १० अन्य भ्रष्टाचार आरोपहरू सामना गरिरहेकी छन् । प्रत्येकलाई अधिकतम १५ वर्षको सजायको साथै चुनाव धाँधली र आधिकारिक गोप्य ऐन उल्लंघनको आरोप लगाइएको छ ।

उनले सबै आरोपहरू अस्वीकार गर्दै आएकी छन् भने मानव अधिकार समूहहरूले अदालतको सुनुवाइलाई धोखाको संज्ञा दिँदै फैसलाको निन्दा गरेका छन् । म्यानमारमा प्रजातन्त्रको प्रतिकको रूपमा उच्च मानिने सुचीलाई आजीवन कारावासको सजाय सुनाउनका लागि जुन्टा शासनले आरोपहरू लगाएको उनको समर्थकहरूले दाबी गरेका छन् ।

सुची सन् २०२१ को फेब्रुअरीदेखि सेनाले आफ्नो निर्वाचित सरकारलाई सत्ताच्युत गरेपछि घरमै नजरबन्दमा छिन् । 

Categorized in अन्तर्राष्ट्रिय