arin enterprises

अन्ततः सुनिता एमालेबाट उपमेयर उम्मेदवार

SamacharDesk – बिराज | २०७९ बैशाख १०, शनिबार

आफुलाई मेयर पदको स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार गर्दै आएकि सुनिता डंगोल अन्ततः नेकपा (एमाले) बाट उपमेयर उम्मेदवार भएकी छन् ।

नेकपा (एमाले) को शनिबार सम्पन्न वैठकमा पुर्व मिस नेवाः डंगोललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस अघि डंगोलले आफुलाई मेयर पदको स्वतन्त्र उम्मेदवार भन्दै प्रचार गर्दै आएकि थिइन् । साथमा काठमाडौं महानगरको ८ खम्बे विकास मोडल समेत सार्वजनिक गरेकी थिइन् ।

लामो समयदेखिको तयारी पछि आफुले मेयरमा उम्मेदवारी दिन लागेको बताएकि डंगोल अहिले आएर भने एमालेको उपमेयरको उम्मेदवार बनेकि हुन् ।

यस अघि नै धेरैले उनलाई एमालेको उपमेयर भनेर दावी पनि गर्दै आएका थिए । डंगोल शुरुदेखि नै एमालेकै उम्मेदवार रहेको र प्रचारको लागि मात्र स्वतन्त्र उम्मेदवार भनी अगाडी आएको धेरैले अड्कल काटेका थिए ।

आफ्नो पहिलो अन्तर्वार्तामै नेकपा एमाले अध्यक्ष केपी ओलीलाई आफ्नो आदर्श बताएपछि उनी एमालेकै उम्मेदवार रहेको अड्कल काटिन थालेको थियो ।

नेकपा (एमाले) बाट उपमेयरको उम्मेदवारको रुपमा नाम सार्वजनिक भएसँगै डंगोलको समर्थन र विरोधमासमेत सामाजिक संजालमा टिकाटीप्पणी शुरु भएको छ ।

युवा नेतृत्वको स्वागतमा पनि पोस्टहरु देखिएका छन् भने दलीय कठपुतली बनेर युवाहरुलाई निराश बनाएको भन्दै आलोचना पनि देखिन थालेको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082