arin enterprises

स्वतन्त्र उम्मेदवारहरुको लौरो अभियान घोषणा

SamacharDesk | २०७९ भाद्र १६, बिहिबार

आगामी मंसिर चार गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका उम्मेदवारहरुले आज साझा चुनाव चिह्न र साझा घोषणापत्र सार्वजनिक गरेको छ ।

बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो । काठमाडौंको क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभामा उम्मेदवारी घोषणा गरेका सुमन सायमीको नेतृत्वमा उनीहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका हुन ।

अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ । जसअनुसार काठमाडौं–५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं–८ मा सुमन सायमी र काठमाडौं–९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ ।

भक्तपुर–२ मा दरोस्तभ लोकेन्द्र, कास्की–२ मा सिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही–५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

गत स्थानीय चुनावमा लौरो चुनाव चिन्ह लिएर उठेका बालेन्द्र शाह काठमाडौंको मेयर र हर्क साम्पाङ धरानको मेयरमा विजयी भएपछि लौरो चुनाव चिन्ह चर्चामा आएको थियो । सोही चर्चालाई समात्दै स्वतन्त्र उम्मेदवारहरुले लौरो अभियान थालेका हुन् ।

Categorized in राष्ट्रिय