स्वीडेन सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २६, शुक्रबार

फिफा महिला विश्वकपमा स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधी दाबेदार मानिएको जापानलाई २–१ गोलले हराउँदै स्विडेनले सेमिफाइनलमा प्रवेश गरेको हो ।
इदेन पार्कमा भएको खेलको ३२ औं मिनेटमा एमान्डा इलेस्टेडले गोल गरि स्वीडेनलाई पहिलो हाफमा १–०ले अघि राखे ।
दोस्रो हाफमा फिलिपा एन्जेलडलले स्वीडेनको अग्रता दोब्बर पारीन् । उता जापानका लागी हनोका हयाशीले ८७औं मिनेटमा गोल गर्दा खेलको नतिजा १–२ रह्यो ।
त्यसअघि जापानका लागी खेलको ७६औ मिनेटमा आर युकिले पेनाल्टीमा गोल गर्न चुकेपछि खेलमा फर्किने मौका गुमाएको थियो ।
सेमिफाइनलमा प्रवेशका लागी स्विडेनले स्पेनको सामना गर्नेछ ।
यसअघि स्वीडेनले अर्को उपाधी दाबेदार मानिएको टोली तथा साविक विजेता अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनमा आएको थियो ।
Categorized in स्पाेर्ट्स