arin enterprises

नेपाल र वेस्टइन्डिज बीच टी–२० क्रिकेट सिरिज आजबाट सुरु हुँदै

SamacharDesk – समाचारडेस्क स्पाेर्ट्स रिपोर्टर | २०८१ बैशाख १५, शनिबार

नेपाल र वेस्टइन्डिज ए टोलीबीच टी–२० क्रिकेट सिरिज आजबाट सुरु हुँदैछ । दुई टोली बिच पहिलो खेल आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेबाट सुरु हुन लागेको छ ।

सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज बीच पाँच वटा खेलहरु हुने तालिका रहेको छ । यस क्रममा अर्को खेलहरु भोलि आइतबार, बैसाख १९, बैसाख २० र बैसाख २२ गते हुनेछ । सबै खेलहरु कीर्तिपुरस्थित क्रिकेट मैदानमै हुने बताइएको छ ।

यो खेललाई टी ट्वान्टी विश्वकप क्रिकेटको तयारीको रुपमा लिइएको छ । वेस्ट इन्डिज विरुद्धको यो सिरिज पछि विश्वकप खेल्न नेपाली टीम वेस्ट इन्डिज नै जानेछन् ।

पाँच म्याचको यो सिरिज खेल्न नेपाली टोली नियमित कप्तान रोहित पौडेलको नेतृत्वमा २० सदस्यीय टोली  घोषणा भएको छ ।

१६ जनाको टोलीमा शुक्रबारमात्रै क्यानले कमलसिंह ऐरी, स्पिनर सागर ढकाल, युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपेको हो ।

नेपाली टोलीमा को को छन्ः

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी

वेस्टइन्डिज टोलीः 

रोस्टन चेश, एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स

Categorized in स्पाेर्ट्स