तामाङ समुदाय सोनाम ल्होसार मनाउँदै
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ माघ १७, बिहिबार

आज तामाङ समुदाय हर्षोल्लासपूर्वक धुमधामका साथ सोनाम ल्होसार पर्व मनाउँदैछन् ।
मञ्जुश्री पात्रोअनुसार नयाँ वर्षको रुपमा आज तामाङ समुदायले आज सोनाम ल्होसार मनाइरहेका हुन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजबाट मन्जुश्री सम्वत् २८६१ डुल–सापुख्री (सर्प वर्ष) सुरु भएको छ ।
तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । तामाङ समुदायको साथमा ह्योल्मो, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आआफ्नो परम्परा अनुसार सोनाम ल्होसार पर्व मनाउने गर्छन् ।
आज सोनाम ल्होसार पर्वको अवसरमा काठमाडौंको टुँडिखेल, बौद्ध, स्वयम्भू लगायतका स्थानहरुमा सांस्कृतिक कार्यक्रम समेत राखिएको छ । आज बिहान रत्नपार्क शान्तिबाटिकाबाट झाँकीसहित र्याली निकालिएको थियो ।
आज ल्होसारको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ ।
Categorized in संस्कृति