फ्रान्समा दंगा अन्त्य गर्न दिवंगत किशोरकी हजुरआमाको अपिल
SamacharDesk – Aakash Rajopadhyaya | २०८० आषाढ १८, सोमबार

फ्रान्समा प्रहरीको गोली लागी मृत्यु भएका किशोर नाहेल एमकी हजुरआमा नादियाले देशमा केही दिनदेखि जारी हिंसात्मक प्रदर्शन रोक्न अपील गरेकी छन् ।
उनले आफ्नो नातीको मृत्युपछि भड्किएको प्रदर्शन एक बहाना मात्र भएको र आफ्नो नातीलाई ढाल बनाएर अराजकता नफैलाउन माग गरेकी हुन् ।
गत मंगलबार साँझबाट भएका प्रदर्शनमा सरकारी तथा निजी सम्पतिमा ठूलो क्षति पुर्याइएको छ । एमकी हजुरआमाले कलेज, विद्यालय र सवारी साधनको के कति दोष छ र तोडफोड गरियो भन्ने प्रश्न समेत गरेकी छन् ।
एमको हत्यामा संलग्न प्रहरीले सबै दोष आफूले लिएर प्रहरी युनिटलाई बचाएको भन्दै उनले गोली हान्ने प्रहरी कानूनी दायरामा आउनेमा आफु विश्वस्त रहेको पनि बताएकी छन् ।
यस्तै एमकी हजुरआमाको अपीलका बावजुद फ्रान्समा छैठौं दिन पनि प्रदर्शन जारी रहेको छ भने प्रदर्शन रोक्न हजारौं सुरक्षाकर्मी परिचालित छन् ।
Categorized in अन्तर्राष्ट्रिय