arin enterprises

मतदान केन्द्रमा मोबाइल, क्यामरा जस्ता सामग्री लगे जफत गर्न निर्देशन

SamacharDesk | २०७९ कार्तिक ३०, बुधबार

निर्वाचन आयोगले क्यामेरा, लाइटर, सलाई मोबाइलजस्ता वस्तुहरु मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्यक प्रवन्ध मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहीत तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आचारसंहिता र प्रचलित निर्वाचन कानूनको व्यवस्था भित्र रहेर काम गर्न गराउन निर्देशन दिनुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति आयोगले विशेष निर्देशन जारी गरेको जानकारी दिनुभएको हो ।

आयोगले दिएको निर्देशन कार्यान्वयनका लागि सर्वपक्षिय बैठक गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देश गरिएको छ ।

त्यसैगरि मतदान केन्द्रमा लैजान निषेध गरिएका विषयबारे मतदातालाई सुचित गराउन पनि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने व्यवस्था गरिएको छ ।

Categorized in राष्ट्रिय