करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको कुर्था सुरुवाल चोरी
SamacharDesk – बिकाश | २०७७ आश्विन २, शुक्रबार

टोखाको मिलन टोलस्थित एक लेडिज फेन्सी पसलबाट २ सय थान कुर्था सुरुवालहरु चोरी भएका छन् ।
टोखाकै मिरा श्रेष्ठको लेडिज फेन्सी पसलबाट करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको २ सय थान कुर्था सुरुवाल बुधबार राति चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी शुरु भइसकेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध