कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ कार्तिक १४, शुक्रबार

कैलालीको लम्कीचुहाबाट एक व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
लम्कीचुहा वडा नम्बर ३ बस्ने २२ वर्षीय भरत तिमिल्सेनालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–५ अमौरी बस्ने २४ वर्षीय केशर टमट्टा, २५ वर्षीय समर चौधरी र २४ वर्षीय मान बहादुर चौधरी रहेका छन् ।
जानकी गाउँपालिका–५ अमौरी बस्ने नवीन चौधरीको छोराको न्वारनमा तिमिल्सेनाले मादक पदार्थ सेवन गरी हो–हल्ला गरेको विषयमा झगडा हुँदा उनीहरूले तिमिल्सेनालाई कुटपिट गरेका थिए ।
कुटपिटमा गम्भीर घाईते भएका तिमिल्सेनालाई उपचारको लागी लालरत्न अस्पताल लम्की कैलाली लगिएको थियो भने थप उपचारको लागी नर्सिंङ होम नेपालगञ्ज पुयाइएको थियो । सोही नर्सिङ होममै उपचारको क्रममा तिमिल्सेनाको मृत्यु भएको थियो ।
घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।
Categorized in अपराध