बिना इजाजतको औषधि सहित ३ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

बिना इजाजतको औषधिसहित ३ जनालाई सुनसरीको हरिनगर गाउँपालिका २ भुटाहा सिसुवा धरमपुरस्थित सडकबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका १ बस्नेहरू ३७ वर्षीय अख्तर मियाँ, २२ वर्षीय एहरमान अंसारी र ३२ वर्षीय मुख्तर आलम रहेका छन् ।
बिना इजाजतका विभिन्न औषधि लिएर आउँदै गरेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अख्तर मियालाई २ हजार ९ सय ८० ट्याबलेट निमोस पी, ४ हजार ९ सय ८० क्याप्सुल भाईवेल, ८ सय ट्याबलेट Zenegra Red, ८ ट्याबलेट स्पास्मो प्रोक्सीभन र ६० ट्याबलेट नाइट्राभेट सहित पक्राउ गरेको हो ।
यसैगरी एहसान अन्सारीलाई ४३ थान laboat-syrinj Injecrion, एक सय २० क्याप्सुल पुरुष जिवन क्याप्सुल, १ सय ९५ थान Dermikem oc मलम, १२ हजार ट्याबलेट Cetsol ७ सय ९० क्याप्सुल pantoprazole Gastro resistant-p40 DSR, १४ हजार ट्याबलेट Acelorlam sp, ४ सय ट्याबलेट Zenegra Red-100, ३ हजार ५ सय ९० ट्याबलेट P40-D र ८४ वटा KT5 Dermcream मलमसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि औषधी विभागको कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Categorized in अपराध