arin enterprises

एक क्विन्टल अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ जेठ ४, मंगलबार

हेटौंडामा एक क्विन्टल अवैध लागूऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपमहानगरपालिका–१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा एक क्विन्टल गाँजा लैजाँदै गरको अवस्थामा ३ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आईते बहादुर ठाडामगर, मकवानपुर भिमफेदी गाउँपालिका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् ।

नामटारबाट हेटौंडातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा गाँजा फेला पारेका थिए ।

प्रहरीले ट्रकको हुटमा फल्स बटम बनाई १७ वटा पोका बनाई लुकाई ल्याएको अवस्थामा उक्त गाँजासहित ट्रक र चालक मगरलाई पक्राउ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न राज कुमार र सुबिनलाई समेत भिमफेदी नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Categorized in अपराध