मूल्य नपाएपछि सडकभरी गोलभेडा
SamacharDesk | २०८० आषाढ ३, आइतबार

किसानहरुले आफूले लगानी गरेको लागत मूल्य समेत पनि नआएको भन्दै सडकमा गोलभेडा फ्याँकेर विरोध जनाएका छन् ।
आइतबार आफूले उत्पादन गरेको गोलभेडाको बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेडा फ्याँकेका हुन्।
उनीहरुले कालिमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेडा फ्याँकेर विरोध गरेका हुन्। उनीहरुका अनुसार नेपाली किसानले उत्पादन गरेको गोलभेडाले बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको बताए ।
कालीमाटी थोक तथा खुद्रा बजार समितिले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको जनाएको छ । रामकोट, नागार्जुन, थानकोट लगायत क्षेत्रमा फलेका गोलभेंडा फ्याँकिएका हुन् ।
अहिले बजारमा गोलभेडा प्रतिकेजी ३० रुपैयाँमा विक्री भइरहेको छ तर थोक विक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । जसले गर्दा उनीहरुको आप्mनो लागत नै नउठ्ने उनीहरुको भनाई रहेको छ ।
तरकारी व्यापारीहरुका अनुसार विचौलीयाहरुका कारण बजार भाऊ बिगारेको आरोप उनीहरुको छ । किसानहरुले बर्षाैं मेहनत गरेर, लगानी गरेर उब्जाएकार गोलभेडा विक्री गर्ने समयमा बजार भाऊ नहुने तथा भारतबाट धेरै भन्दा धेरै गोलभेडा आयात गर्नाले नेपाली गोलभेडाले पनि आप्mनो लागत मूल्यसम्म पनि पाउन मुश्किल भएको उनीहरुको भनाइ छ ।
यसैबीच आज बसेको प्रतिनिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेंडा लगायतका कृषि उत्पादनको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
निकै धेरै मात्रामा नेपाली किसानले तरकारी उत्पादन गरिरहनु भए पनि आफूले उत्पादन गरेको तरकारी आफूले उत्पादन गरेको मूल्य नपाउनु विडम्बना भएको उहाँले चर्चा गर्नुभयो ।
प्रतिकेजी उत्पादन लागत नै करिब २० देखि २५ रुपियाँ रहेका बेला किसानलाई प्रतिकेजी ४ देखि ५ रुपियाँ पाउन पनि गाह्रो रहेको उहाँले बताउनुभयो ।
मूल्य प्र्र्राप्त नगर्दा कम्तीमा पनि समर्थन मूल्य बराबर क्षतिपूर्तिको सुनिश्चितता सरकारले गर्नुपर्छ उहाँले भन्नुभयो । किसानलाई कृषि उत्पादन गर भनेर प्रोत्साहित गरिरहँदा अप्ठ्यारो पर्दा, समस्यामा पर्दा राज्यले अभिभावकको भूमिका निर्वाह गर्न सक्नुपर्छ उहाँको सुझाव छ ।
किसानहरुले उत्पादन गरेको सामग्रीको बजारभाउ नपाएर सडकमा फ्याँक्ने अवस्था आउन नदिन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
Categorized in राष्ट्रिय