शीर्षस्थानको बार्सिलोना पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण १५, सोमबार

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित भएको छ । आइतबार भएको खेलमा बार्सिलोना अल्मेरियासँग १–० ले स्तब्ध बनेको हो ।
पावर हर्स स्टेडियम बार्सिलोनालाई हराउन इएल विलाल टोउरेले निर्णायक गोल गरे । विलालले खेलको २४औं मिनेटमा लुइस सुआरेजको पासमा गोल गरेका हुन् ।
यहि अग्रता जोगाएको अल्मेरियाले बार्सिलोनालाई स्तब्ध पारे ।
यो सिजन ला लिगामा बार्सिलोनाको दोस्रो हार हो । यो हारसँगै बार्सिलोनाले शीर्षस्थानमा १० अंकले अग्रता बनाउने मौका गुमाएको छ ।
यो खेलपछि बार्सिलोना २३ खेलमा ५९ अंक सहित र्शीष स्थानमा छ । बार्सिलोनालाई हराएको अल्मेरिया २५ अंक जोडेर १५ औं स्थानमा छ ।
बार्सिलोना दोस्रो स्थानका रियल म्याड्रिडभन्दा ७ अंकले अघि छ । रियलको २३ खेलमा ५२ अंक छ ।
Categorized in स्पाेर्ट्स