टोटनह्यामले लिभरपुललाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १४, आइतबार

प्रिमियर लिगमा टोटनह्याम हट्सपरले लिभरपुलमाथि विजय हासिल गरेको छ । शनिबार टोटनह्यामले घरेलु मैदानमा लिभरपुललाई २–१ ले हराएको हो ।
टोटनह्यामको घरेलु मैदानमा अग्रता घरेलु टोलीले कप्तान सन ह्युग मिनको गोलमा लिएको थियो ।
खेलको पहिलो हाफको इन्जुरी समयमा कोडी गोक्पोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए ।
जोयल माटिपले दोस्रो हाफको इन्जुरी समयमा आत्मघाति गोल गरेपछि लिभरपुल पराजित हुन पुगेको हो ।
त्यसअघि लिभरपुलले दुई विवादास्पद रेड कार्ड ब्यहोर्दै ९ खेलाडीमा सिमित भएको थियो ।
२६ औं मिनेटमा कर्टिस जोन्सले यवेस बिसौमामाथि फल गर्दा भीएआरका आधारमा रेड कार्ड पाएका थिए । दोस्रो हाफमा मैदान छिरेका डिएगो जोटाले खेलको ६९ औं मिनेटमा दोहोरो पहेलो कार्ड पाउँदै मैदान छाडेका थिए ।
योसँगै लिभरपुलले शनिबारनै सिजनको पहिलो हार ब्यहोरेको छ । यस्तै म्यानेजर एन्ज पोस्टेकोग्लुको क्लब टोटनह्यामको लिगमा अपराजित यात्रा भने कायमै छ ।
टोटनह्यामले ७ खेलमा १७ अंक जोड्डै लिग तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यस्तै लिभरपुर समान खेलमा १६ अंक सहित चौथो स्थानमा छ ।
Categorized in स्पाेर्ट्स