यातायात व्यवस्था कार्यालय विहान ८ बजेदेखि खुल्ने
SamacharDesk | २०७९ फाल्गुण २४, बुधबार

यातायात व्यवस्था कार्यालयले सेवाग्राहीको अधिक ताप बढेपछि कार्यालयको कार्यावधि बढाउने तयारी गरेको छ ।
देशभरिबाट सेवाग्राहीहरु कार्यालय समय खुल्न १० बजे देखि भए पनि विहानैदेखि लामबद्ध हुने भएकोले कार्यावधि वृद्धि गर्न लागेको कार्यालेले जनाएको छ ।
अब उप्रान्त एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले विहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौं पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाएको जनाइएको छ ।
बिहान ८ देखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरुले थोरै समयमा काम गरिसक्ने यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख राजकुमार कपालीले बताउनुभयो ।
कार्यालयले अहिले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ । त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने गरेको प्रमुख कपालीले जानकारी दिनुभयो ।
यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रुपमा रहेको छ । पहिले सङ्घीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारको अन्तर्गत गएको छ ।
कार्यालयहरूले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको बाध्यता रहेको छ ।
Categorized in राष्ट्रिय