त्रिशुलीमा बस खस्दा ८ को मृत्यु
SamacharDesk | २०८० भाद्र ६, बुधबार

धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।
काठमाडौंबाट पोखरा हुँदै जोमसोम जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-२ छहरेमा आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
नदीमा बस खसेपछि स्थानीय बासिन्दाले प्रहरीको सहयोगमा उद्धार गरिरहेका छन् । ८ जनाको उद्धार गरि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन् । बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।
Categorized in राष्ट्रिय